२१ कार्तिक २०८३, शनिबार

वाम गठबन्धनबारे शान्ता चौधरी भन्छिन्- संघ र प्रदेशमा तेब्बर मतले जित्छौं

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, १५ कात्तिक । नेकपा एमालेका नेता तथा नेतृहरुले वाम गठवन्धनबाट उठ्ने सबै उम्मेद्वारहरुलाई जिताएर छाड्ने सामूहिक प्रतिवद्धता जनाएका छन् । एमाले दाङको जिल्लास्तरीय बैठकलाई सम्बोधन गर्दै उनीहरुले गठबन्धनबाट अघि सारिने सबै उम्मेदवार लाई जिताएर छाड्ने प्रतिवद्धता जनाए ।

वामपन्थी शक्तिको दाङ लाल किल्ला भएको भन्दै यसपटक दाङका तिनवटै प्रतिनिधि सभा र प्रदेश सभा सदस्य वाम गठवन्धनले जित्ने उनीहरुको दावि थियो । अध्यक्ष टिकाराम खड्काबाट निर्वाचनको तयारी र गठबन्धनलाई एकसाथ लैजाने कार्यविधि सहितको प्रस्तुत प्रस्ताव बैठकमा पारित भएको थियो ।

नेकपा एमालेका केन्द्रीय सदस्य चर्चित नेतृ शान्ता चौधरीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा वोल्दै प्रमुख अतिथि चौधरीले वामपन्थी दलहरुको गठबन्धनले काग्रेस आत्तिएको र दाङका सबै प्रतिनिधि सभा र प्रदेशसभा गठबन्धनले जितेर छाड्ने उद्घोष गरिन् । दाङका अधिकांश स्थानिय तह एमालेले जितेको भन्दै पुर्व सभाषद समेत रहेकी चौधरीले वाम गठवन्धनले ल्याउने जो सुकै उम्मेद्वारलाई जिताउन नेता, कार्यकर्ताहरु लाग्नुपर्ने र आफ्ना नेताहरुका बारेमा गलत कुराहरु प्रचार नगर्न समेत सचेत गराइन् ।

त्यस्तै अर्की एमाले नेतृ एवं चर्चित गायिका कोमल वलीले एमालेलाई अब आउने चुनावमा पहिलो शक्ति बन्नवाट कसैले छेक्न नसक्ने भन्दै प्रतिनिधि सभा र प्रदेश सभाका लागि पार्टीले अघि सार्ने उम्मेद्वारलाई जसरी पनि जिताउनुपर्ने विचार ब्यक्त गरिन् । उनले पार्टीले ल्याएको उम्मेद्वारका बारेमा नकारात्मक टिप्पणी गर्न नहुने भन्दै एमालेले जनताले अनुमोदन गरेका र सबैका भावना बुझ्ने उम्मेद्वार अघि सार्ने उल्लेख गरिन् ।