११ मंसिर २०८३, शुक्रबार

एमालेका प्रकाश ज्वाला ६ नं. प्रदेशको मुख्यमन्त्रीका उम्मेदवार

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मीना बुढाथोकी

सल्यान, १५ कात्तिक । करिब तीन सातादेखि उम्मेदवारी छनोटमा ब्यस्त रहेका एमाले माओबादी गठबन्धनका नेताहरुले सल्यान जिल्लामा उम्मेदवारी टुङ्ग्याएका छन् । मनोनयन दर्ता गर्ने दिन आउन एक दिन बाँकी रहँदा मात्रै उनीहरुले उम्मेदवारहरुको टुङगो लगाएका हुन् ।

सल्यानमा एमाले र माओवादीले सिट भागबन्डा गरेका छन् । सुरुमा एमाले र माओवादी दुवै दलले प्रतिनिधिसभामा दावी गरेपछि विवादित बनेको सल्यानमा अन्नतः प्रतिनिधिसभा माओवादी र प्रदेशसभा (क) र (ख) दुवै एमालेले लिने गरी सहमति भएको स्रोतको भनाइ छ ।

एउटा मात्रै क्षेत्र रहेको प्रतिनिधिसभामा माओवादीले विनाविभागीय मन्त्री टेकबहादुर बस्नेतलाई उम्मेदवार बनाउने भएको छ । प्रदेशसभा सदस्यका लागि एमालेका पोलिटब्यूरो सदस्य प्रकाश ज्वाला र सल्यान जिल्ला ईन्चार्ज गुलावजंग शाह गठबन्धनका तर्फबाट उम्मेदवार बन्ने निश्चित भएको एमालेका एक नेताले बताए ।

एमालेका ज्वालाले पहिले नै प्रदेशसभामा दावी गरेका थिए भने शाहले यस अघि प्रतिनिधिसभाका लागि दावी गरि रहेका थिए । अब ज्वाला प्रदेशसभा (क) र शाह प्रदेशसभा (ख) बाट उम्मेद्वार बन्ने छन् । ज्वाला यस अगाडीका चुनावमा २०५६ सालमा सल्यान क्षेत्र नं. १ र २०७० सालमा क्षेत्र नं. २ मा भारी मतका साथ विजयी भएका थिए ।

यसैबीच प्रकाश ज्वाला नै प्रदेशसभाका लागि चुनाव लड्ने भएपछि प्रदेश नं. ६ को मुख्य मन्त्रीका रुपमा लिइएको छ । एमालेका तर्फबाट ज्वाला नै मुख्यमन्त्रीको मुख्य दावेदार हुने एमाले स्रोतको भनाइ छ ।