
काठमाडौं, १४ कात्तिक । माओवादीका नेता बालकृष्ण ढुंगेल ज्यान मुद्दामा जेल चलान भएकै दिन माओवादीलाई अर्को झट्का लागेको छ ।
माओवादीबाट बिनाविभागीय मन्त्री बनेका शभ्मुलाल श्रेष्ठ नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा श्रेष्ठसहितका माओवादी नेता तथा कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका हुन् ।
माओवादी नेता श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा स्वागत गरे । श्रेष्ठले २०७० सालको निर्वाचनमा सर्लाहीमा एमालेका तत्कालिन अध्यक्ष झलनाथ खनाललाई हराएका थिए । उनले सर्लाही क्षेत्र नं १ बाट एमालेका खनाललाई झण्डै सात सय मतान्तरले पराजित गरेका थिए ।
श्रेष्ठसँगै प्रेमहरि श्रेष्ठ, इन्द्र बहादुर योञ्जन, आदिमाया स्याङ्वा, रामप्रित चौधरी, रामनानु साह, सुनिल मोक्तान, पूर्णबीर थापा, रामप्रसाद महतो, अम्मरबहादुर कार्की, लामा दोर्जे मोक्तान, राजु लामा, अभिसेक सुवेदी, यमुना श्रेष्ठ, सुरज डगौरा, उमा डरौला पनि काँग्रेस प्रवेश गरेका छन् ।











प्रतिक्रिया