११ मंसिर २०८३, शुक्रबार

बालकृष्ण ढुंगेल पक्राउ प्रकरणमा यस्तो आयो एमालेको प्रतिक्रिया !

22.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल पक्राउ प्रकरणमा नेकपा एमालेले मिश्रित प्रतिक्रिया दिएको छ ।

एमालेका नेता डा. वंशीधर मिश्रले मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा ढुँगेल प्रक्राउ प्रकरणलाई आफ्नो पार्टीले स्वागत गरेको जानकारी दिए ।

‘सम्मानित सर्वोच्च अदालतको आदेश अनुसार नै ढुँगेललाई पक्राउ गरिएको छ, यसलाई हामीले स्वागत नै गरेका छौं, यसको विपक्षमा हाम्रो पार्टी छैन्,’ उनले भने ।

नेकपा माओवादी केन्द्र र उसका भातृ संगठनले रिहाईको माग गर्दै आन्दोलनको चेतावनी दिइरहेका बेला माओवादीसँग वाम गठबन्धन गरेको एमालेले भने अदालतको फैसलाको सम्मान गर्दै विपक्षमा बोलेको छैन् ।

साक्षात्कारमा नेता मिश्रले तोकिएकै मितिमा निर्वाचन हुने बताउँदै एमाले–माओवादी केन्द्रवीच बनेको गठबन्धनबाट कोही पनि आँत्तिनुपर्ने अवस्था नभएको जिकिर गरे । उनले भने, ‘यो हाम्रो गठबन्धन एकदलीय अधिनायकवादको लागि होइन, यो समृद्धि र स्थायित्वको लागि हो ।’