२ कार्तिक २०८३, सोमबार

भाईका हत्यारा ढुंगेल जेल चलान भएपछि सावित्री श्रेष्ठले के भनिन् ?

11.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । ओखलढुंगाका व्यापारी उज्जन श्रेष्ठका हत्यारा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल पक्राउ परेपछि लामो समयदेखि न्यायका लागि लड्दै आएकी दिदी सावित्री श्रेष्ठले न्याय नमरेको अनुभुती भएको प्रतिक्रिया दिएकी छन् ।

भाई उज्जन हत्याका प्रमुख योजनाकार ढुंगेललाई कारवाही हुनुपर्ने भन्दै सावित्री लामो समयदेखि कानूनी लडाइँ लड्दै आएकी थिइन् । यही लडाइँका कारण उनले गाउँ छाड्नुपर्यो भने दाई गणेश श्रेष्ठलाई गुमाउनुपर्यो ।

संयोग त के परेको छ भने ढुंगेल पक्रा परेकै दिन मंगलबार सावित्रीको जन्मदिन परेको छ । यस मानेमा उनी भाईका हत्यारा कानूनी कठघरामा आएकोमा खुसी छन् । जन्मदिनमा उनलाई प्रहरीले उपहार स्वरुप एकदमै ठूलो खुशी दियो । तर, आफ्नो भाइको हत्यारालाई कारबाहीको माग गर्दा आफ्नै ज्यान गुमाउनु परेका आफ्ना स्वर्गीय दाइ गणेशको सम्झनाले भने उनलाई त्यति खुशी हुन दिएको छैन ।

सञ्चारकर्मीसँगको कुराकानीमा भाईका हत्यारा समातिदा आफू एकदमै खुशी भएको प्रतिक्रिया दिँदै उनले तर, आफ्नो दाइले यो खुशी देख्न नपाएकोमा आफूलाई दुःख लागेको बताइन् । कुनै न कुनै दिन सत्ता पल्टिएर आफ्ना भाइको हत्यारा माथि कारबाही हुन्छ भन्ने विश्वास आफूलाई रहेको कुरा पनि उनले सुनाइन् ।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको माओवादी जनयुद्ध कालमा व्यक्तिगत रिसीईबीलाई लिएर माओवादी नेता ढुंगेलका निर्देशनमा १० असार २०५५ मा गोली हानी हत्या गरिएको थियो ।