गुल्मी, १४ कात्तिक । नेकपा एमालेका सचिव गोकर्ण विष्टले आर्थिक सामाजिक हिसाबले जनताको जीवनस्तर उठाई जनताले गौरव गर्ने अवस्था ल्याउनका लागि कम्युनिष्ट एकता भएको बताएका छन् ।
लामो समयदेखिको राजनीतिक अस्थीरता, आठ–नौ महिनामा सरकार परिवर्तन गर्ने अवस्थाका कारण देशको विकास हुननसकेको भन्दै २ तिहाई बहुमत ल्याई स्थीर सरकार बनाउने देशको तीव्र विकासका लागि यो तालमेल भएको बताए ।
‘यो एकता कसैका विरुद्ध लक्षित छैन, देश र जनताको चाहना र आवश्यकतालाई सम्बोधन गर्नका साथै राष्ट्रिय स्वाधिनता र जनताको जीवनस्तर उठानका लागि यो एकता हो’, गुल्मीको सदरमुकाम तम्घासमा आयोजित पत्रकार सम्मेलनमा उनले भने– ‘दुई तिरका छिमेकी देशरुहले आर्थिक स्तर माथि उठाएकोले केही समयभित्र जनताको जीवनस्तर उठाउन नसकेमा हामी धेरे पछाडी पर्छौ त्यसका लागि स्थिर सरकार बनाउन पनि हाम्रो यो तालमेल हो ।’
विष्टले उपचार नपाएर मृत्यु, यूवा पलायन हुने, शिक्षा नपाएर बेरोजगार हुनुपर्ने अवस्था अन्त्य गर्र्नुपर्ने आवश्यकता पूरा गर्नका लागि, सुशासन र स्थिर शासन कायम गर्न दुई तिहाई बहुमत चाहिने भएकोले समाजवादको यथार्थतालाई बुझेर यो तालमेल अगाडी बढेको बताए ।
विष्टले निर्वाचनपछि दुई पार्टीको एकिकरण हुनेगरी सहमति भएको पनि बताए । कसै कसैले जुनप्रकारले आशंका गरेका छनत्यो आशंका मेटिने गरी निकटता बढेको छ, यसले नेपालको कम्युनिष्ट आन्दोलन नयाँ ढंगले अगाडी बढ्ने दावी गरे । ‘नेताहरुलाई व्यवस्थापनका धेरै विषयमा पनि छलफल भएको छ,’ उनले भने ‘जनताका चाहनाहरुलाई पूरा गर्नेगरी नेताहरुलाई व्यवस्थापन गर्ने कुरा भएको छ ।’
नेपाली काँग्रेसका नेताहरुले बाम तालमेल अधिनायकबाद ल्याउने तालमेल भनेको प्रति लक्षित गर्दै उनले त्यो अताल्लिएर दिएको अभिव्यक्ति भएको आरोप लगाए । ‘जनमत संग अताल्लिएर यो प्रकारको अभिव्यक्ति आएको त हैन ? भन्ने हामीलाई लागेको छ’ उनले भने ‘यो शोभनिय हु्ँदन ।’











प्रतिक्रिया