
काठमाडौँ, १४ कात्तिक । नेपाल प्रहरी प्रधान कार्यालयले पूर्वसांसद एवं नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई पक्राउ गरेको पुष्टि गरेको छ ।
नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेका अनुसार, ढुंगेल ललितपुरको सातदोबाटोबाट पक्राउ परेका हुन् ।
द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्च अदालतले ढुंगेललाई दोषी ठहर गरेको थियो । फैसलापछि ढुंगेल लामो समय फरार थिए ।
अदालतको फैसला कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता न्यौपानेले जानकारी दिए ।
ढुंगेललाई छिट्टै अदालतमा बुझाइने प्रहरीले जनाएको छ ।












प्रतिक्रिया