काठमाडौं, १४ कात्तिक । नेकपा एमालेले युवा नेतृहरुलाई समानुपातिक सूचीमा राखेको छ।
मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आइतबार निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सूचीमा एमाले युवा नेतृलाई प्राथमिकता दिएको हो ।
एमाले केन्द्रीय कार्यालय स्रोतका अुनसार समानुपातिक सूचीको चौथो नम्बरमा युवा नेतृ रामकुमारी झाक्रीको नाम छ । अनेरास्ववियुकी पहिलो महिला अध्यक्ष रामकुमारी नेपाली राजनीतिक चर्चित युवा नेतृ हुन् । २०६२/०६३ को आन्दोलनमा गणतन्त्र ल्याउन उनले रगत नै बगाएकी थिइन् ।
त्यस्तै, एमालेको समानुपातिक सूचीमा अनेरास्ववियु केन्द्रीय अध्यक्ष नेतृ नविना लामा पनि परेकी छन् । नेपाली विद्यार्थी आन्दोलनको अगुवा नेतृ लामा काभ्रेबाट चुनाव लड्ने चर्चा थियो । तर, पार्टीले उनलाई समानुपातिक सूचीमा स्थान दियो ।
त्यस्तै, युवा संघकी पूर्व अध्यक्ष एवं एमाले अध्यक्ष केपी शर्मा ओलीकी ‘धर्मपुत्री’ निरु पाल पनि समानुपातिक सूचीमा परेकी छन् । प्रदेश नम्बर ७ को कञ्चनपुर घर भएकी निरु सक्रिय युवा नेतृ हुन् ।
एमालेको समानुपातिक सूचीमा दिलु पन्तको नाम समेत समावेश छ । माधव नेपाल समूहकी खास नेतृका रुपमा परिचित दिलुलाई वरिष्ठ नेता माधव नेपालले नै समानुपातिक टिकट दिएका हुन् । दिलु पन्त युवा संघमा फरक धारकी युवा नेतृ हुन् । उनले संघमा बेला बेला विद्रोह समेत गर्दै आएकी छन् ।












प्रतिक्रिया