काठमाडौं, १४ कात्तिक । एमालेको स्थायी समिति बैठक आज पनि बस्दैछ । बैठकमा दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारका विष्गायमा छलफल हुनेछ ।
सोमबारको बैठकले प्रदेश ७ को उम्मेदवार छनोट करिव अन्तिम चरणमा पुर्याइएको छ । मंगलबार प्रदेश ६ का उम्मेदवार छनोटका विषयमा छलफल हुनेछ ।
वाम गठबन्धनको घटक माओवादी केन्द्रसँग भएको सहमति अनुसार एमालेले आफ्ना उम्मेदवार चयन गर्न लागेको हो ।
वाम गठबन्धनबीच चितवन, सल्यान, झापा तथा सुनसरी गरी ५ क्षेत्रमा उम्मेदवार कसलाई बनाउने सहमति अझै जुटिसकेको छैन । अन्य क्षेत्रमा भने उम्मेदवार बाँडफाँट टुंगिसकेको छ ।











प्रतिक्रिया