कतार । “प्रवासमा नेपाली कलाकार एक हौ नेपाली कला, संस्कृति र प्रतिभाको सम्मान तथा प्रवर्द्धन गरौ” भन्ने मूल नाराका साथ बसन्त फिल्मस् प्रालि र पाल्पाली सेवा समाजद्वारा राष्ट्रिय कलाकारहरु सम्मानित भएका छन् ।
नेपाल मगर संघ शाखा कतारको आयोजनामा प्रथम हुर्रा महोत्सव तथा दिपावली २०१७ का लागि कतार आएका नृत्यकार कविराज मगर, लोक तथा दोहोरी गायक प्रसाद खप्तरी मगर, डान्सर तथा मोडल रिना थापा मगर, डान्सर तथा निर्देशक सुमन थापा मगर सम्मानित भएका हुन ।
दोहाको मुग्लिनास्थित वेलकम डाईन रेस्टुरेन्टको सभाहलमा आयोजित सम्मान कार्यक्रममा बसन्त फिल्मस् प्रालिका प्रबन्ध निर्देशक, पाल्पाली सेवा समाजका अध्यक्ष एवं राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठानका मानार्थ सदस्य ईश्वर काफ्लेको सभापतित्व तथा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद कतारका अध्यक्ष नबिन पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो ।
फिल्मसका प्रमुख व्यवस्थापक शरद कुमार पाण्डेको स्वागत मन्तब्य तथा महासचिव मोहन शाहको सञ्चालन रहेको कार्यक्रममा सस्थाको पृष्ठ भूमिको बारेमा केन्द्रीय सदस्य तिलु शर्मा पौडेलले स्पष्ट पारेका थिए ।















प्रतिक्रिया