१५ कार्तिक २०८३, आइतबार

विरोधपछि कांग्रेसका ‘म्याडमहरू’ प्रत्यक्षमा, पत्नीका लागि खाँडले गरे बबाल

4.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विश्वासपात्र भनेर चिनिएका दुई केन्द्रीय सदस्यहरू महालक्ष्मी उपाध्याय डिना र सीता गुरूङ पार्टीभित्र र बाहिरको चौतर्फी बिरोधपछि अन्ततः प्रत्यक्षतर्फ उम्मेदवार हुने भएका छन् ।

सभापति देउवाका विश्वास पात्रको रूपमा काम गर्दै आएका उपाध्याय र गुरूङ पार्टीले गत असोज २९ गते निर्वाचन आयोगमा दर्ता गरेको समानुपातिकतर्फको बन्दसूचीमा नाम समावेस गरेको थियो । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

दुवै नेत्री दुई पटक संविधानसभाको निर्वाचनमा समानुपातिकतर्फको सांसद भइसकेको अवस्थामा पुनः उनीहरूलाई यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा समेत समानुपातिकमा नाम राखेको भनेर आलोचना भएको थियो ।

कांग्रेस केन्द्रीय कार्य समिति बैठकले अघिल्लो संविधानसभा निर्वाचनमा समानुपातिकबाट सांसद सदस्य भएका अपवाद बाहेकलाई दोहो-याएर समानुपातिकतर्फको उम्मेदवार नबनाउने निर्णय गरेको थियो ।

पार्टी केन्द्रीय कार्यसमितिले गरेको निर्णयविपरित अपबाद भन्ने शब्द राखेको भन्दै पार्टीको पौडेल गुटका नेताहरूले सभापति देउवाको आलोचना गरेका थिए । आफ्ना अनुचर र मनपरेकालाई समानुपातिकमा राखेर पुन सांसद पद उपहार दिन लागेको भन्दै पौडेल समूहका नेताले आलोचना गरेका थिए । सभापति देउवालाइ रिझाएर उपाध्याय र गुरूङले पुनः समानुपातिकमा नाम राख्न सफल भएपछि यसको चौतर्फी आलोचना भएको थियो ।

सभापति देउवाले पार्टीमा लामो समयदेखि योगदान दिएका पाका नेता कूलबहादुर गुरूङ र कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइराला (जो क्यान्सरको उपचारपछि आराम गरिरहेकी छन्) लाई मानवीय हिसावले समेत पुन समानुपातिकमा राख्नु पर्ने भन्दै समानुपातिकतर्फबाट अघिल्लो संविधानसभामा सांसद भएका अपबादबाहेकलाई भनेर शब्दा राख्नु परेको कारण जनाएका थिए ।
पार्टी केन्द्रीय कार्यसमितिले गरेको निर्णयको अपव्याख्या गर्दै दुवै महिलालाई समानुपातिकमा दोहो-याउन हुन्न भन्ने मत आएपछि अन्तत देउवाले गुरूङको नाम समानुपातिक सूचीबाट हटाएर तेह्रथुममा प्रतिनिधिसभातर्फको प्रत्यक्षतर्फ उठाउने योजना बनाएका छन् । गृह जिल्ला तेह्रथुम भएकी गुरूङ मृदुभाषी, चर्चित र लोकप्रीय नेताको रूपमा जिल्लामा पहिचान बनाएकी छन् ।

अर्की नेतृ उपाध्यायको नाम पनि समानुपातिकको बन्दसूचीबाट हटाएर मकवानपुर क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभाको लागि प्रत्यक्षतर्फ उम्मेदवार बनाइने भएको छ । कांग्रेसले आयोगमा आइतबार बुझाएको पार्टीको समानुपातिकतर्फका उम्मेदवारको बन्दसूचीबाट गुरूङ, उपाध्याय, देउवा पत्नी आरजु राणा देउवाको नाम पनि हटाइएको छ ।

राणाले कैलालीको क्षेत्र नम्वर ५ बाट उम्मेदवारी दिने भएकी छन् । समानुपातिकमा नाम समावेस भएकी बालकृष्ण खाँडकी श्रीमती मञ्चु खाँडको नाम समानुपातिकको बन्दसूचीमा महिलातर्फको पछाडि राखेको भन्दै कांग्रेसको संसदीय बोर्डका सदस्य तथा मञ्जुका श्रीमान बालकृष्ण खाँडले बबाल गरेका छन् ।

समानुपातिकमा को–को परे कांग्रेसबाट

नेपाली कांग्रेसले समानुपातिकतर्फ प्रतिनिधिसभाको लागि समावेस गरेको बन्दसूची आइतबार हेरफेर गरेको छ । हेरफेर गरेको बन्दसूचिमा कांग्रेसले सवैभन्दा माथि कांग्रेसका पाका नेता कुलबहादुर गुरूङ, संसदीय वोर्डका सदस्य बालकृष्ण खाँड, केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बढु, कोषाध्यक्ष सीतादेवी यादब, पूर्वकोषाध्यक्ष त्रिचलेखा यादब, केन्द्रीय सदस्य सुजाता कोइराला, बहादुरसिंह लामा महिला नेतृहरू मीना पाण्डे, रीता खनाल, ईश्वरी न्यौपाने, सूर्यमान गुरूङ, नरहरि आचार्य, रामबहादुर बस्नेत, रामनाथ अधिकारीको नाम समावेस गरिएको छ ।

आइतबार हेरफेर गरिएको सूचिमा महिलो नम्वरमा नाम राखिएका कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नाम हटाइएको छ । महिला संघकी अध्यक्ष उमा रेग्मी, यसअघि नै समानुपातिक प्रणालीबाट सांसद भएकी झापाकी महेन्द्र लिम्वु, मृदुला कोइारला पनि समानुपातिकमै सिफारिस भएका छन् ।
न्यौपाने र गुरूङ यसअघि पनि समानुपातिकबाटै सांसद भएका थिए । त्यस्तै, वोर्ड सदस्य खुमबहादुर खड्काकी पत्नी शीला खड्का, केन्द्रीय सदस्य पुष्पा भूषाल र रामचनद्र पौडेलकी विश्वास पात्र कमला पन्तलाई पनि समानुपातिकको बन्दसूचीमा नाम समावेस गरिएको छ । खड्का र पन्त दोहोर्याएर समानुपातिकबाट सांसद बन्ने दाउमा छन्, तर स्रोतका अनुसार पन्तको नाम महिला कोटातर्फ पुछरमा राखिएको छ ।
गच्छदारको पाँच सिफारिस

नेपाली कांग्रेसले भर्खरै पार्टीमा बिलय भएको नेपाल लोकतान्त्रिक फोरमका नेता बिजयकुमार गच्छदारको सिफारिसमा पाँच जनाको नाम बन्द सूचीमा राखिएको छ । समाचार स्रोतका अनुसार गच्छादारले पार्टीका तत्कालीन महासचिव भारतेन्दु मल्लिकको नाम एक नम्वरमा सिफारिस गरेका छन् । उनले सिफारिस गरेका वाँकी चार जनाको नाम गोप्य राखिएको छ ।

गच्छदारले यसअघि समानुपातिक सूचिमा नाम समावेस भएका मन्त्री तथा पार्टी उपाध्यक्ष भएका जितेन्द्रकुमार देव, डा. बाबराम पोखरेल, डा. सुवोधकुमार पोखरेल, गीता राणा क्षेत्रीलाई यस पटक राखेका छैनन् । चर्चित यूवा गणेश लामाले भने काभ्रे क्षेत्र नम्वर एकको ‘क’ र ‘ख’मध्ये एउटा प्रदेशसभाबाट टिकट पाउने भएका छन् ।