काठमाडौँ, १३ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको लागि आज उम्मेद्वारको टुङ्गो लगाएको छ । आज बसेको राप्रपा, केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उम्मेद्वारहरुको टुङ्गो लगाएको हो ।
जसमा अध्यक्ष कमल थापा मकवानपुर–१ बाट चुनाव लड्ने तय गरिएको छ । त्यस्तै, बैठकले झापा–३ बाट महामन्त्री राजेन्द्र प्रसाद लिङदेन, काठमाडौँ–७ बाट बिक्रम बहादुर थापा, बाँके–२ बाट ओम प्रकाश आजाद र दैलेख–१ बाट दिपक कुमार शाहीको नाम तय भएको छ । अन्य जिल्लामा उम्मेद्वारहरु छिटो भन्दा छिटो टुङ्गो लगाइने राप्रपाले जनाएको छ ।
साथै बैठकले आगामी निर्वाचनको लागि कात्तिक २० गते काठमाडौँमा घोषणा पत्र सार्वजनिक गर्ने पनि निर्णय गरेको छ ।











प्रतिक्रिया