कास्की, १३ कात्तिक । प्रधानसेनापति राजेन्द्र क्षत्रीले आज विभिन्न गणहरुको निरीक्षण भ्रमण गर्नुभएको छ । क्षत्रीले पोखरास्थित पश्चिम पृतना तथा अन्तरगतका युनिटहरु सिद्धिबक्स गण, तनँहुस्थित नं. ३ बाहिनी अड्डा तथा कृष्णदल गण, लमजुङस्थित श्रीजंग गण र गोरखास्थित रणसिंहदल गणको निरीक्षण भ्रमण गर्नुभएको हो ।
भ्रमणका क्रममा प्रधानसेनापति क्षत्रीले उक्त युनिटहरुको स्थलगत बस्तुस्थिति, अपरेशन, तालिम, बन्दोबस्ती बारे जानकारी लिनुभएको थियो । भ्रमणपछि प्रधानसेनापति क्षत्री आजै काठमाडौं फिर्ता हुनुभएको छ । निरीक्षण भ्रमणको सिलसिलामा क्षत्री गत कार्तिक ११ गते पश्चिम पृतना पोखरातर्फ प्रस्थान गर्नुभएको थियो ।














प्रतिक्रिया