११ मंसिर २०८३, शुक्रबार

काठमाडौं ५ मा यस्तो देखियो ईश्वर पोखरेलको चुनावी तयारी (फोटो फिचरसहित)

8.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कात्तिक । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी प्रचार अभियानलाई आक्रामक रुपमा अघि बढाएका छन् । पोखरेलको चुनावी अभियानमा उल्लेख्य सहभागिता देखिएको छ ।

सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले देशको विकास र समृद्धिका लागि वाम गठबन्धनको जित अनिवार्य आवश्यकता भएको बताए ।

चुनावी सम्बोधनमा महासचिव पोखरेलले के के भनेः

– जब जब कांग्रेसले बहुमत ल्याउँछ, तब लोकतन्त्र कमजोर हुन्छ ।

– काङ्ग्रेसबाट लोकतन्त्रको भबिष्य नभएको र नेकपा एमाले नै लोकतन्त्रको हिमायती हो ।

– कांग्रेसले २०१५ साल, २०४८ सालमा बहुमत ल्यायो । तर, सरकार चलाउन सकेन । फेरि २०५६ सालमा पनि कांग्र्रेसले बहुमत ल्यायो र शेर बहादुर देउवा प्रधानमन्त्री भए । उनले लोकतन्त्रलाई झन कमजोर बनाएर राजालाई बुझाइदिए ।

– कांग्रेसले विराटनगरको जुट मिल, जनकपुरको चुरोट कारखाना, वीरगंजको चिनी मिल, कृषि औजार, हेटौंडाको कपडा उद्योग, नवलपरासीको कागज उद्योग लगायतका कयौं उद्योगहरुलाइ टोकरीको दाममा बेच्यो ।

– नेकपा एमालेले २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा कम समय सरकार चलायो र राम्रा कामको सुरुवात गर्यो । तर कांग्रेसले टिक्नै दिएन ।

– केपी शर्मा ओलीको नेतृत्व आएको सरकारले जनमुखी काम र भारतको एकतर्फीको दादागिरीको अन्त्य गर्यो । चीनसंग ब्यापारी सम्झौता गर्दा कांग्रेसलाई टाउको दुखाइ भयो र सरकार ढाल्यो ।

– हामी स्वतन्त्र दिवस मनाउदैनौ । हामी कोहीको अधीनमा बस्नु परेन । हामी स्वतन्त्र र सार्बभौम छौ ।