२१ कार्तिक २०८३, शनिबार

मोरङमा एमालेले क्षेत्र नं.१ ‘क’को टिकट छाडेपछि…

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उर्लाबारी, १३ कात्तिक । एमालेले मोरङ क्षेत्र नम्बर १ (क)मा उम्मेदवार नउठाएको विषयलाई लिएर पार्टीका जनवर्गीय संगठनहरूले विरोध जनाएका छन् ।

सोमबार उर्लाबारीस्थित एमाले पार्टी कार्यालयलले प्रेस विज्ञप्ति जारी गर्दै भातृ संगठनका स्थानीय कमिटीहरूले टिकट नदिएको विषयमा विरोध गरेका हुन् ।

वम गठबन्धन गरी चुनावमा होमिएपछि एमालेले मोरङ क्षेत्र नम्बर १ (क) माओवादी केन्द्रका लागि छाडिदिएको थियो । जसका कारण स्थानीयस्तरमा एमाले कार्यकर्ता आक्रोश भएका छन् ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ, ‘एमाले बलियो रहेको क्षेत्रमा उम्मेदवार खाली राखेकोमा हाम्रो आपत्ति हो । एमालेभित्र लोकप्रिय, प्रभावशाली र सक्षम व्यक्ति हुँदाहुँदै गठबन्धनको नाममा एमालेका आकांक्षीलाई पाखा लगाएर अर्को पार्टीलाई प्रदेशको टिकट सुम्पिएको हुँदा यस क्षेत्रका कार्यकर्ताहरू हतोत्साहित भएका छन् । उम्मेदवारको सन्तुलन नमिलाइएको कारण निकट हार व्यहोर्नुपर्ने ठहर गरी यथाशिघ्र निर्णय सच्याउन हामी पार्टीका माथिल्लो कमिटीलाई आग्रह गर्दछौ ।’

कार्यकर्ताको आग्रहलाई वेवास्ता गरेको खण्डमा कुनैपनि चुनावी कार्यक्रममा सहभागी नहुने भन्दै उल्लेख्इको सख्ंयामा भेला भएका कार्यकर्ताहरूले चेतावनी दिएका छन् ।

विज्ञप्तिमा उर्लाबारीका युवा संघ, अनेरास्वियु, अखिल नेपाल महिला संघ, किसान महासंघ, व्यपार व्यवसाय सम्बन्धित भातृ संगठन, शिक्षक–प्राध्यापक सम्बद्ध संगठन, मजदुर सम्बद्ध संगठन, प्रेस चौतारी लगायतका संघ संस्थाका अगुवाको हस्ताक्षर रहेको छ ।