काठमाडौं, १३ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले कांग्रेस–राप्रपा गठबन्धन टुटेको घोषणा गरेका छन् ।
नेपाली कांग्रेसले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई समानुपातिक सूचीबाट हटाएर झापा क्षेत्र नम्बर ३ को उम्मेदवार बनाउने निर्णय गरेपछि सो क्षेत्रमा कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार लिङ्देनले अब गठबन्धनमा बस्नुको औचित्य नभएको टिप्पणी गरेका हुन् ।
यससँगै कंग्रेस नेतृत्व लोकतान्त्रिक गठबन्धनबाट राप्रपा बाहिरिने करिब करिब निश्चित भएको छ । यद्यपी केन्द्रले औपचारिक घोषणा गर्न बाँकी छ ।
राप्रपाको संगठन विभाग प्रमुख समेत रहेका महामन्त्री लिङदेनले झापा ३ मा राप्रपालाई समर्थन गर्ने गठबन्धनदलबीच भएको सहमति विपरित कंग्रेसले आफ्नै उम्मेदवार उठाउने निर्णय गरेकाले गठबन्धनमा बस्नुको औचित्य नभएको बताउँदै राप्रपाले गठबन्धनबाट बाहिरिएको औपचारिक घोषणा केही दिनभित्रै गर्ने दाबी गरे ।











प्रतिक्रिया