११ मंसिर २०८३, शुक्रबार

अर्बपति बिनोद चौधरीले पार्टी फेरे, यसपटक काँग्रेसको समानुपातिक सूचीमा

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कात्तिक । नेपालका एकमात्र डलरवाला अर्बपति बिनोद चौधरीले सांसद बन्न यसपटक पार्टी फेरेका छन् । २०६४ सालको संविधानसभा निर्वाचनमा एमालेबाट सांसद बनेका चौधरी यसपटक काँग्रेसको समानुपातिक बन्दसूचीमा छन् ।

नेपाली काँग्रेसले आइतबार राति निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा अर्बपति चौधरीको पनि नाम छ । काँग्रेसले संशोधनसहित आइतबार आयोगलाई नामावली बुझाएको थियो ।

चौधरी ग्रूप अफ इन्डस्ट्रीजका मालिक चौधरीलाई पटकपटक एमालेले सांसद बनाउन नचाहेका कारण उनले काँग्रेसलाई रोजेको बताइएको छ ।

हुन त चौधरी सँधै शक्तिको नजिक रहन्छन् । पञ्चायतकालमा उनको परिवारको दरबार र पञ्चहरुसँग बलियो सम्बन्ध थियो । पटकपटक प्रधानमन्त्री भएका राप्रपा नेता सूर्यबहादुर थापासँग उनको विशेष सम्बन्ध थियो । एमालेका शीर्ष नेता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीसँग उनको त्यतिकै घनिष्ठ सम्बन्ध थियो ।