११ मंसिर २०८३, शुक्रबार

विर्तामोड गोली काण्डबारे सात दिनभित्र प्रतिवेदन आउने, सामान्य बन्यो जनजीवन

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– राजकुमार ओली

झापा, १३ कात्तिक । झापाको विर्तामोड गोली काण्डपछि सरकारले बनाएको अनुसन्धान समितिले ७ दिनभित्र सत्य तथ्य छानविन गरी सरकारलाई बुझाउने भएको छ ।

आइतवार राति इलाका प्रहरी कार्यलय विर्तामोडमा पत्रकार सम्मेलन गरी टोलीले जतिसक्दो चाँडो सरकारलाई प्रतिवेदन बुझाउने बताएको हो । समितिका सदस्य डिआइजी प्रेम भटटराइले आइतवारसम्ममा घटना स्थल, सिवाकोटीको घरपरिवार, थापाको परिवार, मेयर सिवाकोटीको क्षति पुगेको घर, पोखरेलको हत्या भएको भनिएको घर तथा शव भेटिएको खोल्सी समेतको अनुगमन तथा निरीक्षण गरिसकेको छ ।

थप अनुसन्धान जारी रहेको गृह मन्त्रालयका सहसचिव तथा समितिका सयोजक वीरेन्द्रप्रसाद यादवले बताए ।

शुक्रवार भएको गोली काण्ड र कर्फ्युका कारणले असामान्य बनेको विर्तामोडको जनजीवन सामान्य बन्दै गएको छ । आइतबार राति झापाका प्रमुख जिल्ला अधिकारी ऋिषीराम तिवारीले ९ बजेबाट सोमवार बिहान ९ बजेसम्मको लागि कर्फ्यु हटाएपछि आइतबार बिहानको विर्तामोडको स्थिति सामान्य हुँदै गएको छ ।

बिहानैदेखि बजार खुल्न थालेको छ । सवारीका साधन समेत निर्वाध रुपमा राजमार्गमा गुड्न थालेका छन् । विर्तामोड नगरपालिकाले अस्तव्यस्त विर्तामोडका सडकका ढुगा, इटाका टुक्राहरु हटाउन शुरु गरिएको छ ।

आइतबार राति सिवाकोटी काण्डमा ज्यान गुमाएका नरेश थापाको शव यात्रा गरिँदै अन्त्यष्टि गरिएसँगै आन्दोलन मत्थर बन्दै गएको हो ।