२ कार्तिक २०८३, सोमबार

रामचन्द्र पौडेलको पराजय सुनिश्चित, कांग्रेसका ठूलै नेताले लिए सकस !

5.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कात्तिक । नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले वरिष्ठ नेता रामचन्द्र पौडेललाई ‘भगौडा’को संज्ञा दिएका छन् ।

नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता जोशीले तनहुँ क्षेत्र नं. १ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पराजित हुने दाबी गरे । उनले भने, ‘रामचन्द्र पौडेलको पराजय यसपटक सुनिश्चित छ । ढुक्क हुनुस् ।’

‘रामचन्द्र पौडेलजी तनहुँ क्षत्र नं. १ मा सुरुमा लड्नु भयो । भागेर २ नं. क्षेत्रमा जानु भयो । क्षेत्र १ नं. मेरो क्षेत्र हो । १ बाट भागेर फेरि २ नं. क्षेत्रमा आउनु भयो । फेरि अहिले २ नं. क्षेत्रबाट भागेर १ मा आउँदै हुनुहुन्छ ।’

तनहुँ जिल्लामा पौडेलको जनाधार कमजोर रहेका कारण पटक–पटक निर्वाचन क्षेत्र फेर्ने गरेको आरोप जोशीले लगाए । उनले भने, ‘रामचन्द्र पौडेललाई तनहुँमा कुनै पनि मतदाताले मन पराउँदैनन् । उहाँलाई भगौडा भन्छन् । उहाँको निष्ठाको राजनीति देखावटी मात्रै हो । टिकट बेचेका छन् । उहाँको गाउँमा बाटो र विजुली समेत मैले लगिदिएको हो ।’

तपाईले एमालेलाई सहयोग गर्न पौडेलविरुद्ध उम्मेदवारी दिन लाग्नु भएको हो ? प्रश्नको जवाफमा कांग्रेस नेता जोशीले भने, ‘लडाइँ मेरो र एमालेबीच हुन्छ । रामचन्द्र पौडेलसँग हुँदैन । पौडेलसँग उहाँका परिवारका सदस्य पनि बोल्दैनन् । एमालेलाई सहयोग गर्ने कुरै आउँदैन ।’

टिकट वितरणप्रति असन्तुष्ट कांग्रेस नेता जोशीले यसपटक रामचन्द्र पौडेलाई जसरी पनि पराजित गर्ने मुडमा रहेको उनको पछिल्ला गतिविधिहरूले देखाएको छ । जोशी र पौडेललाई मिलाउन सभापति शेरबहादुर देउवाले प्रयास गरे पनि सफल भने हुन सकेका छैनन् ।