५ कार्तिक २०८३, बिहिबार

एसईईको तयारी अब midas.live मार्फत

4.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कात्तिक । माध्यामिक शिक्षा परीक्षा (SEE) को तयारी midas.live मार्फत गर्न सकिने भएको छ । midas.live लर्निंङ्ग प्लेटफर्मले २०७४ साल कार्तिक ११ गतेदेखि यस्तो सुविधा उपलब्ध गराउन सुरु गरेको हो । मिदासले ‘‘घोकेर होइन बुझेर पढौं” भन्ने नाराका साथ विगत १५ वर्ष देखि प्रविधिमैत्री Interactive Animated श्रव्यदृश्य सामाग्रीहरु तयारगरि डिजिटल शिक्षण सिकाई गर्दै आईरहेको छ ।

माध्यामिक शिक्षा परीक्षा (SEE) को तयारीमा रहेका लाखौँ परिक्षार्थीहरुलाई उच्च स्कोर प्राप्त गर्न यस्तो सिकाई प्रभावकारी मानिन्छ । midas.live मा नेपाली र अंग्रेजी दुवै माध्यममा SEE को तयारीे गरिरहेका विद्यार्थीहरुको लागी लामो अनुभव प्राप्त एवम् विषयविज्ञ शिक्षकहरूले इन्टरनेटबाट Online Coaching पढाइन्छ । शिक्षकहरुले Online Coaching मा सिकाएका Video Class हरु Recordगरेर राखिएको हुन्छ, जसलाई विद्यार्थीहरुले जहाँबाट जति वेला पनि आवश्यक भएको समयमा दोहो-याएर हेरेर सिक्न सक्नुहुन्छ ।

विद्यार्थीहरुले आफुले नबुजेका विषयहरु जाहाँबाट जतिवेला पनि शिक्षकहरुलाई प्रश्न सोधेर सिक्न सक्नुहुन्छ । परिक्षामा सोध्न सक्ने Sample प्रश्नहरु तथा त्यसका उत्तरहरु पनि यसमा सामावेश गरिएको छ । midas.live मा पाठहरुको Concept बुझाउनको लागी Animated Video (MiDas eCLASS) राखिएको हुनाले विद्यार्थीहरुलाई बुझ्दै पढन सजिलो हुन्छ ।

midas.live मार्फत देशै भरका कुनै पनि ठाउँका विद्यालय र शिक्षकहरुले आफ्ना विद्यार्थीहरुलाई SEE को तयारी गराउन सक्नु हुनेछ ।

विज्ञान प्रविधिको अभूतपूर्व विकास सँगसँगै शिक्षण सिकाईका क्षेत्रमा देखिएका परिवर्तनलाई ध्यानमा राखेर midas.live मार्फत Online Coaching संचालनमा ल्याईएको हो । परिक्षार्थीहरुको सुविधालाई दृष्टिगत गर्दै Online Coaching को पहिलो हप्ता नि:शुल्क उपलब्ध गराउने व्यवस्था समेत मिलाईएको छ ।