२१ कार्तिक २०८३, शनिबार

भरतपुरमा बस र टिप्पर ठोक्किँदा २६ यात्रु घाइते

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १२ कात्तिक । यात्रुवाहक बस र टिप्पर आज बिहान ९ः१५ बजे ठोकिँदा २६ जना घाइते भएका छन् ।

नारायणगढबाट गोरखा जाँदै गरेको ना ५ ख ८६९४ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ३ ख ९०१२ नंको टिप्पर भरतपुर महानगरपालिका–१ रामनगर जंगलमा ठोकिएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार घाइतेको चितवन मेडिकल कलेज, भरतपुर अस्पताल र कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये सात जना गम्भीर घाइते छन् । घाइतेमा बसका चालक र यात्रु छन् । टिप्पर चालक फरार रहेको र उनको खोजी भइरहेको शर्माले बताउनुभयो । रासस