२१ कार्तिक २०८३, शनिबार

आर्थिक समृद्धि र सबल राष्ट्रका लागि वाम एकताः गोकर्ण विष्ट

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कात्तिक । नेकपा एमालेका सचिव गोकर्ण विष्टले जनताको आर्थिक समृद्धि र सबल राष्ट्र निर्माणका लागि बाम एकता प्रक्रिया अघि बढेको बताएका छन् ।

नेपाली कम्युनिष्ट विभाजित गरेर जनतालाई सँधै गरिब राख्ने एउटा बर्ग क्रियाशिल रहेकोले गरिबी र बेरोजगारी अन्त्यका लागि स्थिर सरकार चाहिने र त्यसका लागि कम्युनिष्ट एकता अनिवार्य भएको बताए ।

‘खान लगाउन नपाएका जनताको नेतृत्व जबसम्म कम्युनिष्टले गर्दैन तबसम्म देशको आर्थिक समृद्धि हुँदैन,’ एमाले र माओवादीका सम्पर्क मञ्चहरुको संयुक्त बाम भेलालाई सम्बोधन गर्दै उनले भने, ‘गरिबी र बेरोजगारी अन्त्य नगरेसम्म सबल नेपाल निर्माण हुँदैन, त्यसैले कम्युनिष्टहरु एक भएर जनतालाई सँधै गरिब राख्ने बर्गको विरुद्ध लाग्नुपर्छ ।’

उनले देशमा सँधै सरकार गठन गर्न अरुले कुन संकेत गर्छन भन्ने कुरा अन्त्य भएपछि समृद्धिको दिशामा गति लिने बताए ।

उनले अहिले नेपाली काँग्रेसले अरु शक्ति केन्द्रलाई प्रयोग गरेर चुनाव भाँड्न लागिरहेको आरोप लगाए । तर त्यसको परिणाम राम्रो नहुने उनले चेतावनी दिए । ‘निर्वाचन भाँड्न अँध्यारो कोठामा बसेर षड्यन्त्र गरिरहेको छ,’ उनले भने, ‘कतिपय संबैधानिक निकायलाई प्रयोग गरेर जनताको जनमत रोक्ने काम ग¥यो भने परिणाम राम्रो हुने छैन ।’