२१ कार्तिक २०८३, शनिबार

एमालेमा उम्मेद्वार छनोटप्रति पूर्वी मोरङमा चुलियो असन्तुष्टि

7.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उर्लाबारी, १२ कात्तिक । पार्टी नेतृत्वले उम्मेद्वार छनोटमा ध्यान नपुर्याउँदा गत स्थानीय तह निर्वाचनमा पूर्वी मोरङबाट प्रमुख पद गुमाएको एमालेले यसपटकको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको उम्मेद्वार चयनप्रति पनि स्थानीयस्तरमा आक्रोश सुरु भएको छ ।

प्रदेश नम्बर १ अन्तर्गत मोरंग क्षेत्र नम्बर १ (क) मा स्थानीय स्तरमा एमालेका प्रभावशाली नेता मानबहादुर श्रेष्ठलाई टिकट नदिएको भन्दै पूर्वी मोरङमा असन्तुष्टी बढेको छ । एमालेभित्रको गुटबन्दीका कारण श्रेष्ठलाई टिकट दिनबाट वञ्चित गराइएको एमालेका स्थानीय कार्यकर्ताहरुको आरोप छ । गत स्थानीय तहको निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ (क)मा पर्ने मिक्लाजुङ गाँउपालिका र उर्लाबारी नगरपालिकाका सबै वडामा एउटा सदस्य समेत नजितेको माओवादीलाई प्रदेश सभामा समर्थनमा गर्नुपर्ने भएपछि एमाले कार्यकर्ताहरुले चर्को आक्रोश व्यक्त गरेका छन् ।

विगत लामो समयदेखि पूर्वी मोरङमा एमालेको कमाण्ड सम्हालेका श्रेष्ठ यस क्षेत्रमा निकै लोकप्रिय मानिन्छन् । श्रेष्ठले पूर्वी मोरङको समग्र विकास र पूर्वाधार निर्माणमा अग्रणी भूमिका खेल्दै आएका छन् । श्रेष्ठले यस क्षेत्रमा सडक, खानेपानी विकासका साथै नदी नियन्त्रणका लागि सक्रिय भूमिका खेल्दै आएका छन । उहाँकै पहलमा सडक निर्माण सुरु भएको ४२ वर्षपछि मोरङको उर्लाबारीबाट मधुमल्ला हुँदै इलामको फुङनामसम्म सार्वजनिक सवारीका साधन चल्न थालका छन् ।

यसैबीच प्रदेश नम्बर १ (क)मा एमालेका श्रेष्ठलाई टिकट नदिएको विषयलाई लिएर युवा संघले समेत अपत्ति जनाएका छ । युवा संघ उर्लाबारीका नगर अध्यक्ष रविन लामाले भने– ‘पार्टीले लोकप्रिय र योग्य उम्मेदवारलाई टिकट दिदैन भने युवा संघ यो चुनावमा निष्क्रीय बस्छ ।’ नगर अध्यक्ष लामाले यस क्षेत्रमा एमालेका श्रेष्ठलाई टिकट नदिइएको खण्डमा युवा संघका सदस्यहरुलाई चुनावी अभियानमा नहिड्न मातहातका कमिटीलाई निर्देशन दिएका छन् ।

उनले भने– ‘युवाहरुको माग अनुसार पार्टीलाई उम्मेदवार दिदैन भने युवाहरु यो चुनावमा हिड्दैनन् ।’ लामाले श्रेष्ठलाई टिकट नदिइए स्वतन्त्र उम्मेदवार उठाएर जिताएर देखाइदिने चेतावनी समेत दिएका छन् । लामा अनुसार श्रेष्ठको समर्थनमा एमालेका अधिकांश संगठित सदस्यहरुले सामूहिक राजीनामा दिने तयारी भइरहेको दावी गरेका छन् । श्रेष्ठलाई टिकट नदिइएको विषयलाई लिएर कार्यकर्ता भित्रमा तीव्र असन्तुष्टि बढेको छ ।