२१ कार्तिक २०८३, शनिबार

पुँजीवादी क्रान्ति पूरा गर्न एकताः दिनेश पन्थी

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कात्तिक । नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य दिनेश पन्थीले आर्थिक समृद्धिकै लागि बाम गठबन्धन अपरीहार्य भएको बताएका छन् ।

नयाँ जनवादी क्रान्तिका धेरै कार्यभार आफ्नै ढँगले पूरा हुँदै गएको र अहिले जनवादी क्रान्तिका कामहरु पूरा गर्न बाम एकता भएको उनले बताए । ‘अहिले किसान मजदुरको नेतृत्वमा जनवादी जनवादी व्यवस्था नआएपनि समाजवादी आन्दोलनबाट पूँजीवादी क्रान्ति पूरा गर्न यो एकता हो’ उनले भने ।

समाजमा अझै केही सामन्ती अवशेषहरु बाँकी रहेकोले त्यसलाई अन्त्य गर्दै हामी समाजवादमा जाने भन्ने कुराहरु दुईवटै पार्टीले महाधिवेशनबाट निर्णय गरेको हुनाले आधारभूत रुपमा त्यो दिशामा अगाडी बढ्न चुनावी एकतासंगै पार्टी एकता हुनुपर्ने उनले बताए ।

नेपालमा जति एकताको कुरा गर्दै गयो त्यति कम्युनिष्ट आन्दोलन विभाजन हुँदै गएको अवस्थामा एमाले ओवादीले जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्न ईमान्दारीता साथ नेता कार्यकर्ता अगाडी बढ्नुपर्ने बताए । ‘आशंकाहरुलाई अन्त्यगरी अगाडी बढौँ एकता हुन्छ’ उनले भने उनले भने ‘आर्थिक समृद्धिलाई अगाडी बढाउन दुई ठूला घटक र स सानालाई पनि एकठाउँमा बनाएर अगाडी बढाउनुपर्छ’ उनले भने ।