काठमाडौँ, २९ कात्तिक । क्रिष्टियानो रोनाल्डोले युरोपियन च्याम्पियनसिपमा २३ गोल गरेका छन् ।
डेनमार्कका थोमसान र टर्कीका हकान सुकुरलाई पछि पर्दै उनले च्याम्पियनसिपमा सर्वाधिक गोलको कीर्तिमान बनाएका हुन् । डेनमार्कका थोमसान र टर्कीका सुकुर दुबैले २२–२२ गोल गरेका छन् ।
युरो कप २०१६ को छनोट चरणमा पोर्चुगलले अर्मेनियालाई १–० ले पराजित गर्ने क्रममा उक्त गोल रोनाल्डोले गरे ।
यो जितसँगै पोर्चुगल ६ अंकका साथ समूह आईको दोस्रो स्थानमा र सर्वियालाई ३–१ ले हराएको डेनमार्क ७ अंकसहित शीर्ष स्थानमा छ ।













प्रतिक्रिया