काठमाडौं, १२ कात्तिक । प्रमुख प्रतिपक्षी नेकपा एमालेको स्थायी कमिटी बैठक आज विहानैदेखि बसिरहेको छ ।
उपाध्यक्ष बामदेव गौतमको निवास भैंसेपाटीमा जारी बैठकमा आगामी निर्वाचनको सिट बाँडफाँट, समानुपातिकको बन्द सूची संशोधन लगायतका विषयमा छलफल भइरहेको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
वाम गठवन्धनमा आवद्ध दलहरुसँग सिट बाँडफाँट आजै टुंगो लगाउने तयारी भइरहेको छ । मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि १६ गते मनोनयन दर्ता हुने भएकाले सकेसम्म आजै उम्मेदवार टुंगो लगाउने तयारी दलहरुले गरेका छन् ।
यसैगरी आज समानुपातिक उम्मेदवारहरुको बन्दसूची संशोधनको अन्तिम दिन भएकाले पनि दलहरु त्यसको गृहकार्यमा जुटेका छन् ।












प्रतिक्रिया