काठमाडौं, १२ कात्तिक । अलग अलग मतपत्रबारे सर्वाेच्च अदालतले गत बुधबार दिएको आदेश निर्वाचन आयोगलाई प्राप्त भएको छ । र, आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतपत्र छपाईको काम स्थगित भएको छ ।
आयोगलाई शनिबार आदेश प्राप्त भएपछि शुक्रबारदेखि सुरु गरिएको मतपत्र छपाईको काम तत्कालका लागि स्थगित गरिएको स्रोतले बतायो ।
निर्वाचन आयोग निकट स्रोतका अनुसार मतपत्र डिजाइनको काम भइरहे पनि छपाइको काम अघि बढेको छैन् । र, अदालतको आदेशका बारेमा निर्णय गर्न आज विहानैदेखि बैठक बसिरहेको छ । बैठकले आदेशको जवाफ के दिने र छपाइका विषयमा के गर्ने भन्ने निर्णय गर्ने बताइएको छ ।
जारी बैठकमा सर्वोच्चलाई दिने जवाफ र मतपत्र छपाईलाई जारी राख्ने वा सर्वोच्चको आदेशका आधारमा दुईवटा छाप्ने विकल्पका बारेमा छलफल भइरहेको स्रोतको भनाई छ ।
















प्रतिक्रिया