११ मंसिर २०८३, शुक्रबार

समानुपातिकको बन्दसूची बुझाउने आज अन्तिम दिन

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कात्तिक । राजनीतिक दलहरूले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक उम्मेदवारको बन्दसूचीमा आज अन्तिम संशोधन गर्ने भएका छन् ।

निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सूची संशोधन गर्न सकिने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

त्यसका लागि राजनीतिक दलहरू बिहानैदेखि आन्तरिक छलफलमा व्यस्त छन् ।

राजनीतिक दलहरुले २९ असोजमा समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा पेश गरेका थिए ।

त्यसमा कसैको नाम संशोधन गर्ने भए आयोगले आजसम्मको समय दिएको हो । उम्मेदवारको बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा सोमबार निवेदन दिन सक्नेछन् ।

समानुपातिक उम्मेदवारहरुको प्रारम्भिक सूची भने १७ गते सार्वजनिक हुनेछ ।

त्यसमा दावी विरोध, उजुरीमा जाँचबुझ लगायतको चरण पूरा गरेर मंसिर ३ गते अन्तिम नामावली सार्वजनिक गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।