२ कार्तिक २०८३, सोमबार

बार्सिलोरानाद्वारा एथ्लेटिक विल्वाओ २–० ले पराजित

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

लण्डन, १२ कात्तिक । । लिग लिडर बार्सिलोनाले स्पानिस ला लिगामा अपराजित यात्रालाई कायमै राखेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक विल्वाओलाई उसैको मैदानमा २–० ले हरायो ।

बार्साको जितमा लियोमल मेसीले ३६औँ तथा पाउलिन्होले इन्जुरी टाइममा गोल गरे ।

यस सिजन १० खेलसम्म अपराजित रहको बार्सिलोनको यो नवौ जित हो । जितपछि १० खेलबाट २८ अंकका साथ बार्सिलोना शीर्ष स्थानमा आसिन छ । बार्सिलोनाले चिरपिरिचित प्रतिद्वन्दी रियल मड्रिडमाथि ८ अंकको अग्रता कायम गरको छ । रियलले एक खेल कम खेलेको छ ।

यता अलाभेजलाई २-१ ले हराउँदै भ्यालेन्सियाले पनि यस सिजन उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएकों छ । १० खेलबाट २४ अंकका साथ भ्यालेन्सिया दोस्रो स्थानमा छ । भ्यालेन्सियाको जितमा सिमोन जाजा र रोड्रिगोले गोल गरे ।

अन्य खेलमा सेभियाले लेगानेसलाई २-१ ले पराजित गर्दा एथ्लेटिको मड्रिड भियारियलल १-१ को बराबरी खेल्दै क बाँडे । १० खेलबाट २० अंक जोडेको एथ्लेटिको गोलअन्तरमा रियललाई पछि पार्दै तेस्रो स्थानमा छ ।

समान खेलबाट १९ अंक रहेको सेभिया पाँचौ स्थानमा उक्लेको छ भने १७ अंक जोडेको भियारियल छैटौँ स्थानमा छ । – एजेन्सी