केन्ट, बेलायत । गत २८ अक्टुबर २०१७ को दिन बेलायतको एम्पायर बेङ्क्युटिङ हल, अल्डरसटमा ई–मेडिया हबको आयोजनामा पहिलो “एभरेस्ट आईडल” सम्पन्न, सोनाहाङ रार्इ बनेका छन् ।
बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुबेदीको प्रमुख आथित्य रहेको कार्यक्रममा विशेष अतिथिमा एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामी रहेका थिए ।
प्रतियोगितामा १४ प्रतिस्पर्धिहरु सहभागी भएका थिए । सोनाहाङ् राई, सुमी राई, मार्गरेट लिम्बु, निमान तामाङ, काशी राई, लच्छु शेर्पा, किरण गुरुङ, आईती गुरुङ, निरु चन्द, दीप प्रकाश राई, प्रवेश राई, मनोज गुरुङ, शकुन सुनुवार, नन्दिता राई भएका थिए । कार्यक्रमलाई ३ चरणमा विभाजन गरिएको थियो ।
पहिलो चरणमा ४ जना, दोस्रो चरणमा ५ जना गर्दै र फिनालेमा ५ जना क्रमशः दीप प्रकाश राई, निमान तामाङ्, सुमी राई सोनाहाङ राई, मनोज गुरुङ पुग्न सफल भएका थिए ।















प्रतिक्रिया