काभ्रे, १२ कात्तिक । प्रतिनिधीसभा तथा प्रदेशसभाको निर्वाचनका लागि काभ्रे क्षेत्र नं. १ ले आफ्नो चुनावी अभियान सुरु गरेको छ ।
प्रतिनिधी सभा क्षेत्र नं. १ का लागि निवर्तमान सांसद तीर्थबहादुर लामाको उम्मेदवारी सर्वसम्मत भएपछि सो क्षेत्रमा चुनावी चहलपहल सुरु भएको हो ।
भक्तपुरको सूर्यविनायकमा शनिबार आयोजित काभ्रे कांग्रेसको भेलासँगै काभ्रे प्रतिनिधीसभा क्षेत्र नं. १ र प्रदेशसभा क्षेत्र नं. १ को चुनावी कार्यक्रम औपचारिकरुपमा सुरु भएको छ ।
सो अवसरमा डाडापारी, कोसीपारी र तिमाल भेगबाट एमाले र माओवादीका १ सय ५० भन्दा बढी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेको कार्यक्रम संयोजक बुद्धराज लामाले जानकारी दिए ।
नवप्रवेशी कार्यकर्तालाई निवर्तमान सांसद तथा प्रतिनिधीसभा क्षेत्र नं. १ का उम्मेदवार लामा तथा पूर्वकोषाध्यक्ष एवम् प्रदेश नं. १ का उम्मेदवार सिबी लामाले अबिर तथा खादा लगाई स्वागत गरेका थिए ।












प्रतिक्रिया