५ कार्तिक २०८३, बिहिबार

‘सतप्रतिशत मुआब्जा र एउटै क्षमतायुक्त प्रशारण लाइन’

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, ११ कात्तिक । भुलभुले मध्य मर्स्याङ्दी १३२ के.भी. प्रशारण लाइन संघर्ष समितिले आयोजना संचालन गर्दा पोल रहेको र तारमुनिको जग्गाको सतप्रतिशत मुआब्जा दिनुपर्ने र एउटै क्षमतायुक्त प्रशारण लाइन बनाउनुपर्ने माग गरेको छ ।

संघर्ष समितिका सचिव चन्द्रबहादुर मिश्रले एक विज्ञप्ती सार्वजनिक गर्दै तारमुनि रहेको जग्गामा घर निर्माण गर्न नमिल्ने, बेचबिखन हुननसक्ने र बैंकलगायत कुनै पनि वित्तीय संस्थाले धितोमा नलिने हुँदा उक्त जग्गाको सबै कित्ताको पूर्ण मुआब्जा र क्षतिपूर्ति उपलब्ध गराई लागत कट्टा गराउन माग गरेको हो ।

विज्ञप्तीमा प्रभावित क्षेत्रका पीडितहरुकै सहभागितामा अधिकरण गरिने घर तथा जग्गाको मूल्य निर्धारण हुनुपर्ने, मस्र्याङ्दी करिडोरबाट धेरै प्रशारण लाइन बनाउनुको सट्टा एउटै क्षमतायुक्त प्रशारण लाइन बनाएर लैजानुपर्ने, २२० केभीको प्रशारण लाइन पनि १३२ केभी प्रशारण लाइनकै बाटो लैजानुपर्ने, प्रभावित क्षेत्रका सबै बासिन्द भेला गरी वृहत खालको सार्वजनिक सुुुनुवाइ गरिनुपर्ने लयायतका १३ बुँदे माग रहेको छ ।

त्यसैगरी भुलभुले मध्यमस्र्याङ्दी १३२ के.भी.प्रशारण लाइन संघर्ष समितिले १३२ केभीबाट पीडित भएकाहरुको माग सम्बोधन नगरी २२० के.भी. प्रशारण लाइनको काम अघि बढाउन नहुने विज्ञप्तीमा उल्लेख गरेको छ ।