धादिङ, ११ कात्तिक । धादिङमा आज विहान भएको बस दुर्घटनामा मर्नेको संख्या ३० जना पुगेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार राजविराजबाट काठमाडांै आउँदै गरेको ना ६ ख १४६७ नम्बरको रात्री बस गजुरी गाउँपालिकाको घाटबेँशीस्थित त्रिशुली नदीमा आज बिहान खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुने पुरुषको संख्या ११, महिलाको संख्या ९, बालकको संख्या ६ र बालिका ३ रहेको र तीमध्ये १२ जनाको सनाखत भएको धादिङका प्रहरी उपरीक्षक (एसपी) धुव्रराज राउतले जानकारी दिए ।
मृतक सप्तरी जिल्ला तिलाठी ३ निबासी ३५ बर्षिय सिमी कुमारी झा, सिराहा न.पा ८ गोलबजारका ५० र्बिषय रामकुमार यादव, सप्तरी जिल्ला देउरीमरुवा न.पा १५ का सहचालक १८ बर्षिय नरेश मुखिया, सप्तरी जिल्ला बोधेवरसाई न.पा ३ का १५ बर्षिय चन्दरेखा प्रमाणी, सप्तरी जिल्ला राजविराज न.पा. १६ का ७४ बर्षिय चन्द्रवती झा रहेका छन् ।
त्यस्तै, सप्तरी जिल्ला तिलाठी गाउँपालिका १ का ३३ बर्षिय मन्जित कुमार झा, सप्तरी जिल्ला नेरेयाका २५ बर्षिय पार्वती चौधरी, सप्तरी जिल्ला बोधेवरसाई न.पा २ का ६ बर्षिय आदित्य यादव, सप्तरी जिल्ला तिलाठी ३ का ३८ बर्षिय सन्जित कुमार झा, सप्तरी जिल्ला नेरेयाका ३ बर्षिय सुशान चौधरी, सप्तरी जिल्ला नेरेया गाउँपालिका ३ का २४ बर्षिय रमानन्द यादव र भारतको मधुवनी जिल्ला विहार निवासी २९ बर्षिय ममतादेबी ठाकुर रहेको एसपी राउतले जानकारी दिए ।
गाडीमा ५५ जना यात्रु रहेकोमा १५ जनाको जीवितै उद्धार गरिएको बताइएको छ । घटनास्थलमा उद्धार कार्य जारी रहेको र सुरक्षाका तीनवटै निकाय परिचालन गरिएको छ ।
दुर्घटना स्थलबाट १६ जना घाइतेलाई उद्धार गरिएको छ । घाइतेहरु मध्ये २ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ भने १४ जनाको गजुरी अस्पतालमा उपचार भइरहेको छ ।












प्रतिक्रिया