काठमाडौं, ११ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका शीर्ष नेताहरूको बैठक बसिरहेको छ ।
ललितपुरको भैँसेपाटीस्थित एमालेका उपाध्यक्ष बामदेव गौतमका निवास बसिरहेको दुबै दलका शीर्ष नेताहरूको बैठकमा टिकट वितरण र मुलुकको पछिल्लो अवस्थाका विषयमा छलफल हुने बुझिएको छ ।
एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठक सकिएपछि एमालेको स्थायी समितिको बैठकले टिकटको भागबण्डाका विषयमा अन्तिम निर्णय गर्ने स्रोतले जनाएको छ ।
शीर्ष नेताहरूको बैठक बस्नु अगाडि एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरू सम्मिलित कार्यदलको बैठक बसेको थियो । बैठकले टिकट वितरणका विषयमा प्रस्ताव तयार पारेको बुझिएको छ ।











प्रतिक्रिया