कृष्णनगर (कपिलवस्तु), १० कार्तिक । कर्तव्य ज्यानमा फरार प्रतिबादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा विजयनगर गाउँपालिका ३ का २४ वर्षीय छोटु भन्ने जितबहादुर कोरी रहेका छन् ।
ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुभाष कुमार गैरेको सूचना बिश्लेषणको आधारमा इलाका प्रहरी कार्यालय खटिएको प्रहरी टोलीले प्रतिबादी कोरीलाई विजयनगर गाउँपालिका ४ स्थित उखुबारीमा लुकीछिपी रहेको अवस्थामा पक्राउ गरेको हो ।
गत कार्तिक ६ गते प्रतिबादी कोरीले विजयनगर गाउँपालिका ३ बस्ने फुलमती कोरीको ३२ वर्षे छोरा राजकुमार कोरीलाई रातको समयमा बाँसको लाठीले हानी घाइते बनाई कर्तव्य ज्यान लिएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक खिमबहादुर घर्ती मगरले जानकारी दिनुभयो । कर्तव्य ज्यान लिई फरार रहँदै आएका प्रतिबादी छोटुसहितलाई ईलाका प्रहरी कार्यालय कृष्णनगर र ईलाका प्रहरी कार्यालय गणेशपुरको प्रहरी टोलीले खोजतलासका क्रममा घटना भएको चार दिनपछि फरार प्रतिबादी पक्रन सफल भएको प्रहरी निरीक्षक घर्तीमगरले बताउनुभयो ।
पक्राउ परेका प्रतिबादी छोटु भन्ने जितबहादुर कोरीलाई जिल्ला अदालत तौलिहवाबाट म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुभाष कुमार गैरेले जानकारी दिनुभयो । प्रतिबादी कोरीलाई अहिले इलाका प्रहरी कार्यालय कृष्णनगरको थुनुवा कक्षमा राखिएको गैरेले बताउनुभएको छ ।













प्रतिक्रिया