११ मंसिर २०८३, शुक्रबार

प्रचण्डले बुहारीलाई टिकट दिलाइछाडे, कञ्चनपुर १ मा विना वाम गठबन्धनको उम्मेदवार

4.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, १० कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुहारी विना मगरलाई टिकट दिलाएका छन् ।

संविधानसभाको दोस्रो निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर १ मा कांग्रेसका दिवानसिंह विष्टसँग पराजित विनाले एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट प्रतिनिधिसभातर्फ फेरि सोही क्षेत्रमा टिकट पाएकी हुन् ।

क्षेत्र नम्बर १ मा एमालेबाट जिल्ला अध्यक्ष तारालामा तामाङ्ग दाबेदार थिए । तर, प्रचण्डको ठाडो पावरमा विनाले टिकट पाएको स्रोतले बतायो ।

आफू वाम गठबन्धनको साझा उम्मेदवार बनेपछि विनाले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेकी छन्– ‘बाम गठबन्धनको तर्फबाट कञ्चनपुर क्षेत्र नम्बर १ मा मलाई उम्मेदवार बनाउने निर्णय गरेकोमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेप्रति आभार प्रकट गर्दछु ।’

यसअघि कार्यदलमा कञ्चनपुर १ मा कसलाई उम्मेदवार बनाउन विषयमा छलफल भएपनि कसैको नाममा सहमति भएको थिएन । आजको कार्यदलसहित शीर्षनेताको बैठकमा बिनाको नाम सर्वसम्मत रुपमा अनुमोदन भएको बताइएको छ ।