काठमाडौं, १० कात्तिक । सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले बाम गठबन्धन निर्माणसँगै लोकतन्त्र खतरामा पर्न सक्ने भएकाले अहिलेको परिस्थितिमा लोकतन्त्रवादी शक्तिहरू एक जुट हुनुपर्ने बताएकी छिन् ।
काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा बस्नेतले लोकतन्त्र खतरामा पर्न लागेको वर्तमान अवस्थामा प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेस एक भइ जानुपर्ने बताइन् ।
उनले एमाले र माओवादी केन्द्रले वाम गठबन्धन बनाएर लोकतन्त्रलाई ठूलो चुनौती दिएको बताइन् । उनले भनिन्, ‘वामपन्थीहरू नेपालमा साम्यावादी व्यवस्था ल्याउन चाहन्छन् । कांग्रेसले राम्रोसँग बुझेको छ । तर, कम्युनिष्टहरूको यो कुरा कदापि पूरा हुँदैन ।’












प्रतिक्रिया