११ मंसिर २०८३, शुक्रबार

शंकर पोखरेल प्रदेश नम्बर ५ को मुख्यमन्त्री उम्मेदवार, पार्टीले गर्यो प्रस्ताव

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० कात्तिक । नेकपा एमालेले प्रदेश नम्बर ५ को मुख्यमन्त्रीमा स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री शंकर पोखरेललाई उम्मेदवार बनाउने भएको छ ।

दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको चुनाव लड्ने तयारीमा रहेका पोखरेललाई एमालेको केन्द्रीय कमिटीले मुख्यमन्त्री बन्नेगरी प्रदेशसभामा जान प्रस्ताव गरेको हो ।

यसको पुष्टि स्वयं पोखरेलले नै गरेका छन् । उनले पार्टीले प्रदेशसभामा जान र मुख्यमन्त्रीको उम्मेदवार बन्न प्रस्ताव गरेको जानकारी दिए । यद्यपी उनले आफूले यो नचाहेको तर वाम गठबन्धनको व्यवस्थापनका लागि विचार गरिने स्पष्ट पारे ।

पोखरेल प्रदेशसभामा गए दाङ क्षेत्र नम्बर २ मा माओवादी नेता कृष्ण महरालाई प्रतिनिधिसभा चुनाव लड्ने बाटो खुल्नेछ ।