१ कार्तिक २०८३, आइतबार

अमेरिकामा पनि मनाइयो छठ पर्व

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

– विजय थापा

अमेरिका । अमेरिकाको डिसी महानगरमा नेपालबाट आएका तराईबासीको पहलमा डिसी क्षेत्रमा छठ पर्व ३ दिनसम्म चलेको छ ।

गत अक्टोबर २५ तारिखदेखि डीसी क्षेत्रको निजी निवासमा भेला भै छठ पर्व सुरु गरेका छन् ।

अक्टोबर २६ तारिख डीसी महानगर क्षेत्रको पोटोम्याक नदीस्थित अलगोनकिएन पार्कमा साँझ पूजा गरिएको छ । छठ पूजाको लागि अन्य राज्यहरुबाट समेत व्रतालुहरु आएका छन् ।

साँझ ४ बजेदेखि सुरु भएको पूजा अध्यारो नहुन्जेल चलेको थियो । अक्टोबर २७ तारिख बिहान पुनः सोहि स्थानमा ६ बजे भेला हुने कार्यक्रम रहेको छ ।

निराहार व्रतालुले बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । पोटोम्याक नदीको किनारामा व्रतालुले अस्ताउँदै गरेको सूर्यलाई अर्घ अर्पण गरे ।

अक्टोबर २७ तारिखका बिहान उदयमान सूर्यलाई दोश्रो अर्घ चढाएपछि छठ पर्व सम्पन्न गर्ने छन् ।

सूर्यको पूजा अर्चना गरी मनाइने सूर्यको पूजासम्बन्धी श्लोक ऋग्वेदमा पाइन्छ भने महाभारत कालमा द्रौपदीले छठ पर्वको व्रत लिएको सन्दर्भ उल्लेख गरिएको पाइन्छ ।

कातिक शुक्ल चौथी तिथिदेखि सप्तमी तिथिसम्म यो पर्व मनाउने गरिएको छ । यो पर्वमा गहुँको पीठो, नरिवल, किसमिस, दालचिनीजस्ता मसला, घिउ, चीनी, भेलिको समिश्रणबाट बनाइएको ठकुवा, खजुरी आदि बनाइन्छ । चामलको पीठोबाट भुसुवा, मैदा सुजीको समिश्रणबाट पेरूकिया जस्ता मिठाई बनाइन्छ ।