११ मंसिर २०८३, शुक्रबार

एमालेका बागी उम्मेदवारको पार्टी सदस्यता खोसियो

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुखुम्बु, १० कात्तिक । सोलुखुम्बुको प्रदेश सभा ‘क’ मा बागी उम्मेदवारी दिएका लोचनकुमार शर्मालाई एमालेले कारबाही गरेको छ ।

पार्टीको निर्णय विपरित उम्मेदवारी दिएको भन्दै एमाले सोलुखुम्बुले कारबाही गरेको हो ।

जिल्ला अध्यक्ष मानवीर राईद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिअनुसार शर्माको साधारण सदस्यता खोसिएको हो । शर्माले उम्मेदवारी फिर्ता लिन सहमत नभएपछि एमालेले सदस्यता नरहने गरी शर्मालाई अनुशासन कारबाही गरेको जनाइएको छ ।

अनुशासनको कारबाहीमा परेका नेता शर्माले स्वतन्त्र ढंगले निर्वाचन लड्नका लागि तयारी गरिरहेका छन् । उनले एमालेले स्थानीय निर्वाचनमा प्रदेश सभाको उम्मेदवार बनाउने लिखित सहमति गरेपनि योगदानको कदर नगरेको भन्दै बागी उम्मेदवारी दर्ता गराएको बताएका छन् ।