२१ कार्तिक २०८३, शनिबार

एकतन्त्रीय शासन चाहने कम्युनिष्टहरूको अभिष्ट पूरा हुँदैन : खाँण

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ कात्तिक । कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार प्रसार समितिका संयोजक बालकृष्ण खाँणले नेपालमा एकतन्त्रीय शाशन चाहने जो सुकै शक्तिको अभिष्ट पुरा नहुने बताएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका विषयमा विहिबार काठमाडौंमा आयोजित रुपन्देहीका पार्टी नेता कार्यकर्तासंगको अन्र्तक्रियामा खाणले पहिला तत्कालिन राजा ज्ञानेन्द्रले संसदीय व्यवस्थाको सिमारेखा पार गर्न खोज्दा सिद्धिएको बताउदै अहिले कम्युनिष्ट गठबन्धनले जनप्रतिनिधिले जारी गरेको संविधानमा उल्लेखित संसदीय व्यवस्था परिवर्तन गर्न खोजे सिद्धिने दावी गरे ।

‘संबैधानिक राजतन्त्रको सिमारेखा पार गरी बहुदलीय व्यवस्थाको खिलापमा लागेर एकतन्त्रीय शाशन लाद्न खोज्दा तत्कालिन राजा ज्ञानेन्द्रले राजसस्थाको अस्तित्व समाप्त पारे,’ खाणले भने ‘अहिले एमाले र माओवादी केन्द्रले संविधानसभामा जारी गरेको संविधानमा रहेको संसदीय व्यवस्था परिवर्तन गरी १० बर्षमा साम्यवाद ल्याउने उदघोष गरिरहेका छन् ।

साम्यवादी व्यवस्था भनेको एकतन्त्रीय शाशन पद्धती हो । नेपाली जनताले एकतन्त्रीय शाशन व्यवस्था चाहदैनन्, त्यसैले उनीहरुपनि संसदीय व्यवस्था बदल्ने एजेण्डा लिएर प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा गए भने सिद्धिन्ने पक्का छ ।’

एमाले अध्यक्ष केपीशर्मा ओलीको राष्ट्रियता र सिके राउतको आन्दोलन उस्तै रहेको तर्क नेता खाणको छ । ठुला ठुला विकास निर्माणका आयोजना निर्माण गर्नए विदेसी कम्पनी आउँदा विरोध गर्ने, मुलुक समृद्ध बनाउन कुनै कार्यक्रम अघि सारेमा विरोध गर्ने ओली कदापी राष्ट्रवादी नेता हुन नसक्ने खाणको भनाई छ ।

एक अर्को प्रसंगमा प्रचार समिति संयोजक खाणले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले गृहमन्त्रालयको जिम्मा सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतलाई र परराष्ट्र मन्त्रालयको जिम्मा अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दिएको भन्ने हल्ला निराधार रहेको बताए ।

‘माओवादी केन्द्रका मन्त्रीहरुले सम्हालेका महत्वपूर्ण मन्त्रालय गृह र परराष्ट्र प्रधामन्त्री आफैले राख्नु भएको छ, अन्य कुनै मन्त्रीलाई ति मन्त्रालय हेर्ने जिम्मा दिनु भएको छैन ।’खाणले भने ।