२१ कार्तिक २०८३, शनिबार

अछाममा वाम गठबन्धनको प्रभावः एमाले र माओवादीको संयुक्त कार्यक्रम हुन थाले

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– टेकराज भण्डारी

अछाम, ९ कात्तिक । केन्द्रमा नेकपा एमाले र माओवादी केन्द्रले आगामी निर्वाचनमा तालमेल गरेर जाने र पछि पार्टी एकता गर्ने निर्णय गरेसंगै जिल्ला तहमा पनि संयुक्त कार्यक्रम तथा कार्यक्रमका लागि वातावरण बनाउने कार्य शुरु गरिन थालेको छ ।

बुधबार मात्रै अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ बारलामा एमाले र माओवादी केन्द्रको बृहत संयुक्त आमसभा सम्पन्न भएको थियो भने विभिन्न गाउँ कमिटि तथा वडा कमिटिले तालमेललाई शशक्त पार्दै आगामी चुनावमा परिचालन हुने निर्णय गर्न थालेका छन् ।

यसैवीच बिहिवार आज अछामको मेल्लेख गाउँ संगठन कमिटि वडा नम्बर ३ ठाँटीमा सम्पन्न एमाले वडा कमिटिको बैठकले आउँदो मंसिर २१ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा बाम गठबन्धनका उम्मेद्धारलाई विजयी गराउन दुवै दल एकजुट भएर अघि बढ्ने निर्णय गरेको छ । वडा कमिटि उपाध्यक्ष लोक बहादुर बुढाको अध्यक्षतामा भएको बैठकले बाम तालमेललाई शशक्त र प्रभावकारी रुपमा अघि बढाई आफ्ना उम्मेद्धारलाई विजयी गराउन सम्पूर्ण पार्टी पंक्ति एकजुट हुने निर्णय गरेको हो ।

दुवै पार्टी कम्युनिष्ट नै भएको र अब एकजुट भएर आफ्ना चुनावी गतिविधि संचालन गर्ने तथा यसपछि एमाले माओवादी केन्द्रको संयुक्त बैठक गर्ने निर्णय गरेको हो । बैठकमा एमाले जिल्ला सदस्य तथा मेल्लेख गाउँपालिका ईन्चार्ज हिरण्ड भट्टराई प्रमुख अतिथि रहनु भएको थियो ।

प्रमुख अतिथि भट्टराईले देशको विकास, समृद्धिको जनताको जीवनमा आमुल परिवर्तनका लागि कम्युनिष्टले दुईतिहाई बहुमतका साथ स्थिर सरकार बनाउनु पर्ने र त्यसका लागि बाम एकता अपरिहार्य भएको बताउनु भयो ।

विगतको तिक्तता र रिसराग बिर्सेर देश बनाउने महान अभियानमा एमाले, माओवादी लगायतका सबै बाम शक्ति एकजुट हुनुपर्ने उहाँको भनाई छ ।

यस्तै बैठक शुक्रबार ऋषिदहमा गरिने बताईएको छ । बैठकमा जिल्ला सदस्य हेमराज शाह, क्षेत्रीय कमिटि सदस्य गोकुल शाहलगायतको सहभागिता रहेको प्रेम बहादुर बुढाले बताउनु भयो ।