काठमाडौं, ९ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन नभए देशमा संवैधानिक संकट आउने चेतावनी दिएका छन् ।
विहिबार राजधानीमा एक पुस्तकको बिमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले चुनाव सार्ने खेल भए विघटित संसद स्वतः पुनर्स्थापित हुने स्पष्ट पारे ।
‘अदालतलाई सबै कुरा थाहा छ, निर्वाचन प्रक्रिया सुरु भई मनोनयन समेत दर्ता भइसकेपछि संसद विघटन गरिएको हो, यदि निर्वाचन रोक्ने काम भयो भने संसद स्वत पुनःस्थापित हुन्छ,’ प्रचण्डले भने ।











प्रतिक्रिया