काभ्रे, ९ कात्तिक । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय नेता रवीन्द्र खड्का एमालेमा प्रवेश गरेका छन् ।
काभ्रेको बनेपामा आज पत्रकार सम्मेलनको आयोजना गरी खड्काले राप्रपा पार्टी परित्याग गरी एमालेमा क्रियाशील हुने घोषणा गरे । उनले भने ‘हामीले राप्रपा सदाका लागि परित्याग गरेका छौं अब हाम्रो साथ र समर्थन नेकपा एमालेसँग हुने छ ।’
मसिंर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ क्षेत्र नम्वर १ मा राप्रपाबाट सर्वसम्वत उम्मेदवार सिफारिस भएका रविन्द्र खड्काले साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका छन् ।
उनीसँगै राप्रपाबाट प्रदेशसभामा प्रत्यक्ष तर्फबाट उम्मेदवार सिफारिस भएका शंकरलाल श्रेष्ठ सहित सयौं राप्रपाका कार्यकर्ता पनि एमालेमा आएका छन् ।
कालाकार समेत रहेका खड्का हाल राप्रपा निकट चलचित्रकर्मीहरुको छाता संगठनका केन्द्रिय अध्यक्ष समेत हुन् ।














प्रतिक्रिया