३० आश्विन २०८३, शुक्रबार

अष्ट्रेलियामा मृत्युको मुख्य कारण मुटु रोग

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कान्बेरा, ९ कात्तिक । अष्ट्रेलियामा मृत्यु भएका मध्ये सबैभन्दा धेरै मुटु रोगका कारण मृत्यु भएको पाइएको छ ।

सन् २०१६ मा मृत्यु भएकाको तथ्यांकलाई हेर्दा मुटु रोग नै मृत्युको मुख्य कारण देखिएको बुधबार सार्वजनिक गरिएको एक प्रतिवेदनमा उल्लेख छ ।

वर्षभरीमा मृत्यु भएका कुल एक लाख ५८ हजार ५०४ जनामध्ये १९ हजार ९९ जनाको मुटुसम्बन्धी रोगका कारण मृत्यु भएको पाइएको छ । यो संख्याका आधारमा हेर्दा मृत्यु भएका मध्ये १२ प्रतिशतको मृत्युको पछाडि मुटु रोग देखिएको छ ।

त्यसैगरी दोस्रो मुख्य कारण मनोभ्रंश भएको छ । मनोभ्रंशका कारण ८।३ प्रतिशतको मृत्यु भएको प्रतिवेदनमा जनाइएको छ । वर्षभरी मृत्यु भएका मध्ये ६.६ जनाको मृत्यु भने दिनमागमा रगत जमेर हुने समस्या (सेरेब्रोभास्कुलर) का कारण हुने गरेको पाइएको छ । यो मृत्युको तेस्रो ठूलो कारण देखिएको छ । – सिन्ह्वा