झापा, ८ असोज । वाम एकताको गठबन्धनले देशमा अधिनायकबाद सिर्जना हुने खतरा रहेको राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुड्गाले बताउनुभएको छ ।
आज झापाको अर्जूनधारा नगरपालिकाको शनिश्चरे बजारको यलम्वर टाइम्स पत्रिकाको कार्यलयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष पालुड्गाले बाम एकता अवैधानिक, असान्र्दभिक तथा पहिचान विरोधी रहेको बताउनुभएको हो ।
आउँदो कात्तिक ११ गते लारुम्वाबाट घोषणा सभाको आयोजना गर्न लागेको राष्ट्रिय जनमुक्ति पार्टीले पहिलो चरणको चुनावमा समेत १३ जिल्लामा उम्मेदबारी दिएको र दोस्रो चरणको निर्वाचनमा समेत नेपालभर उम्मेदबारी दिने तयारी गरिएको बताउनुभयो ।
पूर्वका जिल्लामा साना दल तथा पार्टीसँग चुनावी तालमेल गर्न लागेको यो जनमुक्ति पार्टीले लिम्वुवान तथा अन्य दलहरुसँग सहकार्य गर्न लागेको समेत पत्रकार सम्मेलनमा बताएको छ ।
सरकारले थ्रेस होल्ड लागु गरेका कारणले साना दलहरुले सहकार्य गर्न बाध्य बनाएको समेत पार्टीले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।












प्रतिक्रिया