११ मंसिर २०८३, शुक्रबार

खुलामञ्चमा गर्जिए विप्लव: देश र जनताको बारेमा नेपाली सेनाले सोच्नुपर्छ कि पर्दैन् ?

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देश र जनताको मुक्ति र स्वाधिनता परिवर्तन विना सम्भव नभएको बताएका छन् ।

रुसको प्रख्यात अक्टुबर क्रान्तिको सम्झनामा काठमाडौं खुल्ला मञ्चमा पार्टीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले भने– ‘देश र जनताको मुक्ति, स्वाधिनता परिवर्तनविना सम्भव छैन् । हामीले अक्टुबर क्रान्ति सम्झिने मात्रै होइन् नेपाललाई हेरेर परिवर्तनका लागि हिम्मत गर्नुपर्छ ।’

उनले पुँजीवाद र मजदुर र किसानमारा व्यवस्था फेर्न जनता सडकमा आउनुपर्ने आह्वान गर्दै रुसको अक्टोबर क्रान्तिमा राजाको सेनाले साथ दिएजस्तै नेपाली सेनाले पनि देश र जनताको बारेमा सोच्नुपर्छ कि पर्दैन् भनी प्रश्न गरे । ‘जनताको बारेमा सोच्नुपर्छ कि पर्दैन् । किसान, मजदुर र देशको देश बचाउन अब सबै राष्ट्रभक्त एकजुट हुनुपर्छ,’ उनले भने– ‘जुन देशका पार्टीहरु विदेशी दलाल छन् त्यो बेला सेना, पुलिस, मजदुर एक हुनुपर्छ । विदेशीहरुको हस्तक्षेपबाट हटाउने सोच्न सक्छ कि सक्दैन् सेनाले ? नेपाल आर्मी र प्रहरीले सोच्नुपर्छ ।’

उनले अक्टुबर क्रान्ति कम्युनिष्टहरुले मात्रै होइन् देशभक्त जनता, सेनाको साथले सफल भएको भन्दै नेपालमा पनि अब मजदुर, किसान, सेना र देशभक्तहरु एक हुनुपर्नेमा जोड दिए ।

उनले आफूहरुले युद्ध नचाँहेको स्पष्ट पार्दै आफूहरुमाथि दमन गरिए चुप लागेर नबस्ने चेतावनी समेत दिए ।