११ मंसिर २०८३, शुक्रबार

कांग्रेसका पूर्वसभापति नै वाम गठबन्धनलाई जिताउन खटिए (विज्ञप्तिसहित)

13.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, ८ कात्तिक । प्रदेश नम्बर ७ को बाजुरा जिल्लामा नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति मनबहादुर रावलले आगामी चुनावमा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनलाई जिताउने घोषणा गरेका छन् ।

चुनावकै मुखमा वाम गठबन्धनमा प्रवेश गर्दै संविधान सभाका उम्मेदवार समेत बनेका रावलले कांग्रेस परित्याग गर्दै बुधवार बिहान बाम गठबन्धनसँग सहकार्य गर्न पुगेका हुन् ।

२०३६ सालदेखि नेपाली कांग्रेसको सक्रिय कार्यकर्ता रहेका रावल २०४७ देखि लामो समयसम्म जिल्ला सभापति भएका थिए । २०७० सालको संविधान सभा निर्वाचनमा काँग्रेसका तर्फबाट प्रत्यक्ष उम्मेदवार बनेका उनी एमालेका कर्ण थापासँग पराजित भएका थिए ।

उनलाई आज बिहान नेकपा एमालेका बैकल्पिक पोलिटव्यूरो सदस्य एवं प्रदेश नम्बर ७ को मुख्यमन्त्रीको उम्मेदवार कर्ण थापा र प्रतिनिधि सभाका उम्मेदवार तथा एमालेका केन्द्रिय सदस्य लालबहादुर थापाले पार्टीमा स्वागत गरेको एमाले बाजुराका प्रचार विभाग प्रमुख अमर खड्काले जानकारी दिए ।

जिल्लामा काँग्रेसलाई आफ्नै नेतृत्वमा एउटा उचाइ प्रदान गरेपनि केन्द्र र जिल्ला तहको नेतृत्वबाट अन्यायपूर्ण व्यवहार भएको उनले बताएका छन् । बुढीगंगा नगरपालिका देवलसैन–८ का स्थायी बासिन्दा रावल काँग्रेस बाजुराका प्रभावशाली नेता मध्येका एक मानिन्छन् ।

विज्ञप्तिसहित: