११ मंसिर २०८३, शुक्रबार

लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरूको बैठक बस्दै

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ कात्तिक । निर्वाचनको तयारी र सिट बाँडफाँटका विषयमा सहमति जुटाउने प्रयास स्वरुप कांग्रेससहितका दलहरूको बैठक बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरू राजपा नेपाल, संघीय समाजवादी फोरम नेपालसहितका दलका नेताहरूको बैठकमा सहभागिता रहनेछ । बैठक अहिले केही समयपछि बस्ने तयारी भएको एक नेताले बताए ।

चुनावी तालमेल तथा सिट कसरी वितरण गर्ने भन्ने विषयमा छलफल हुनेछ । मधेसमा राजपा र संघीय फोरमले आधा सिट माग गरेका छन् ।

कांग्रेसले उनीहरूले माग गरे अनुसार आधा–आधा सिट बाँडेर जाने पक्षमा अनिच्छुक देखिएको छ ।