काठमाडौं, ८ कात्तिक । कुनै व्यक्ति लोकसेवाबाट प्रतिस्पर्धा गरेर उच्च तहमा पुग्ने भनेको मुख्य सचिव वा मन्त्रालयको सचिव हो । तर, राजनीति गर्नेहरूले नै ती पदाधिकारीलाई चलाइरहेका हुन्छन्, र बेला बेला मन्त्री र सचिवबीच टकराव भइरहेको खबर बाहिर आइरहन्छन् । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
पछिल्लो समयमा मन्त्रीलाई सचिवस्तरका कर्मचारीले अटेर गर्ने गरेको पाइएको छ ।
मुख्यतः विभिन्न मन्त्रालयका मन्त्री र सचिवबीच समन्वय हुन नसक्दा कतिपय काम अन्योलमा पर्ने गरेका छन् भने मन्त्रालयका महत्वपूर्ण फाइलहरू पनि त्यत्तिकै अड्किएका छन् । स्वास्थ्य मन्त्रालयमा मन्त्री र सचिवबीच अधिकांश समय मन्त्रीपिच्छे पानी बाराबारसम्मको स्थिति सृजना हुने गरेको छ ।
एक हप्ताअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीको जिम्माबाट विनाविभागीय बनेका मन्त्री गिरीराजमणी पोखरेलले आफ्नो ८० दिने प्रगति विवरण सुनाउँदै भने, ‘मलाई मन्त्रालयका सचिव किरण रेग्मीबाट पछिल्लो दिनमा निकै असहयोग भयो । असहयोग गर्नेलाई पनि सहयोग गरिरहन्छु । मन्त्रालयमा धर्ना, जुलुस आउँदा समेत रेग्मी चुप लागेर बस्नुभयो । उहाँको काम त वार्ता समिति बनाएर समस्या समाधानका लागि पहलकदमीको भूमिका निर्वाह गर्ने हो नि ?’
पोखरेलले थपे, ‘म आउँदा उहाँ हाजिर गरेर निस्किहाल्नुहुन्थ्यो । स्वास्थ्य सचिव पछिल्लो एक सातादेखि मेरो सम्पर्कमा पनि रहनुभएन । कामहरू रोकियो । मैले मन्त्रालयमा पत्रकार सम्मेलन गरि बिदा लिन चाहेको थिएँ तर त्यो अवसर मलाई मिलेन । नयाँ मन्त्रीको साइत साढे १० बजेनै रहेछ त्यसपछि कार्यक्रम अन्यत्रै सारियो ।’












प्रतिक्रिया